काठमाडौं- भारतको आन्ध्र प्रदेशमा पर्ने विजयवाडास्थित कोरोना संक्रमित राखिएको एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
स्वग प्यालेस नामक सो होटललाई एक निजी अस्पतालले केयर सेन्टरको रुपमा प्रयोग गरिरहेको छ।
आन्ध्र प्रदेशका गृहराज्य मन्त्री मेकाथोटी सुचरिताले सर्ट सर्किटको कारण आगलागी भएको हुन सक्ने बताएका छन्।
बिहान ५ बजेर ९ मिनेट जाँदा त्यहाँको पुलिसले आगलागीको खबर पाएको थियो। खबर पाएको ५ मिनेटमै घटनास्थल पुगेको सुरक्षाकर्मी र अग्नि नियन्त्रण दलको टिमले ४५ मिनेटमा लागआगी नियन्त्रणमा लिएको बताइएको छ।
आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजीव कृष्णाले आन्ध्र प्रदेशका मुख्यमन्त्रीले उक्त घटनामा परी घाइते भएका व्यक्तिको उपचार र अन्य सहयोग गर्ने बाचा गरेको ट्विटमार्फत जानकारी गराएका छन्।
विजयवाडाका पुलिस कमिश्नर बी श्रीनिवासुलुले पुलिस सो होटलमा कहाँकहाँबाट आएका मानिसको उपचार भइरहेको थियो भन्ने जानकारी लिने कोसिसमा लागेको बताएका छन्।