काठमाडौं- वीरगञ्जमा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार राती उपचारका क्रममा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
उनका अनुसार ती युवतीको शुक्रबार राती सवा १ बजे मृत्यु भएको थियो। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो।
श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डक अस्पताल भर्ना गरिएको थियो।