काठमाडौं- कर्णाली प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल सुर्खेत, गुर्भाकोट सुर्खेत र कर्णाली विज्ञान प्रतिष्ठानमा आइतबार गरिएकोे परीक्षणमा ४ जना महिला र ५ जना पुरुष गरी ९ जना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट निको भएर १२ जना घर फर्किसकेका छन्। कर्णाली प्रदेशमा निको हुने संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ।
कर्णाली प्रदेशमा अहिलेसम्म ६ जना निको भएर घर फर्किसकेका छन् भने ९३ जना उपचारत रहेका छन्।