काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई संक्रमण देखिएको यो पहिलो पटक हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीन कर्मचारीलाई संक्रमण देखिएको बताए। तीन कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हाे। तीमध्ये दुइ महिला र एक पुरुष रहेकाे बताइएकाे छ।
शुक्रबार मन्त्रालयमा ८१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तीमध्ये ३ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे हाे।