काठमाडौं- कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै भेटिएको छ। ६ हजार ५ सय ४४ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र ३ हजार ७५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा बागमती दोस्रो स्थानमा छ। त्यहाँ १ हजार १ सय ३२ जना छन्।
त्यस्तै सुदूरपश्चिममा ५ सय ७४ प्रदेश १ मा ५ सय ११, प्रदेश ५ मा ४ सय ४७, गण्डकी प्रदेशमा २ सय ३७ र कर्णाली प्रदेश सबैभन्दा कम १ सय ६९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १
ताप्लेजुङ ८, सोलुखुम्बु २, ओखलढुंगा ३, भोजपुर २, तेह्रथुम १, पाँचथर १, इलाम ४६, झापा ५४, मोरङ ३१९, सुनसरी ७०, उदयपुरमा ५ जना संक्रमित रहेका छन्। खोटाङ, धनकुटा र संखुवासभामा भने एक जना पनि संक्रमित रहेका छैनन्।
प्रदेश २
सप्तरी १६६, सिरहा ७७, धनुषा २३८, महोत्तरी ५७९, सर्लाही २१४, रौतहट ७४५, बारा १०९ र पर्सामा ९०३ जना संक्रमित रहेका छन्।
बागमती प्रदेश
दोलखा ४, सिन्धुपालचोक ३३, रसुवा १, धादिङ २५, नुवाकोट ३२, काठमाडौं ७९०, भक्तपुरमा ५३, ललितपुर १०५, काभ्रेपलान्चोक १०, रामेछाप २३, सिन्धुली ७, मकवानपुर ३७ र चितवनमा १२ जना संक्रमित रहेका छन्।
गण्डकी प्रदेश
गोरखामा २९, म्याग्दी ३, कास्की ५१, लमजुङ २०, तनहुँ १२, नवलपरासी पूर्व २३, स्याङ्जा ७२, पर्वत ३ र बाग्लुङमा २४ जना संक्रमित रहेका छन्। गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा संक्रमित शूल्य रहेको छ।
प्रदेश ५
रुकुम पूर्व ७, रोल्पा ४, प्युठान ८, गुल्मी १६, अर्घाखाँची १८, पाल्पा १०, नवलपरासी पश्चिम ४९, रुपन्देही ३६, कपिलवस्तु ११८, दाङ ५२, बाँके १४३ र बर्दियामा ९२ जना सक्रि संक्रमित रहेका छन्।
कर्णाली प्रदेश
रुकुम पश्चिम १, मुगु, ८, कालीकोट १८, दैलेख २३, सुर्खेत २१, जुम्ला ५, जाजरकोट १६ र सल्यानमा ७७ जना संक्रमित रहेका छन् भने हुम्ला र डोल्पामा एक जना पनि संक्रमित छैनन्।
सुदूरपश्चिम प्रदेश
कन्चनपुर ५७, डडेल्धुरा १३, बैतेडी १७, दार्चुला २६, कैलाली १६८, डोटी १९८, बझाङ १८७, बाजुरा १८९ र अछाम ११९ जना सक्रिय संक्रमित रहेका छन्।