काठमाडौं- गण्डकी प्रदेशमा थप ८ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६२० पुगेको छ।
पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३्०९ जनाको नमुना परीक्षणमा ८ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।
नवलपरासी पूर्वका एक महिला र एक पुरुष, पर्वतका एक पुरुष, स्याङजाका एक महिला,तनहँका २ पुरुष, कास्कीका २ पुरुषलाई कोरोना संक्रमण देखिएको हो।
गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले संक्रमितलाई आइसोलेसन कक्ष लैजाने तयारी भइरहेको जानकारी दिए।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ। जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्।