काठमाडौं- पछिल्लो २४ घन्टायता नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक सहित २० जनामा कोरोना पृष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा बाँकेका १५, कैलालीका २, दाङ, बर्दिया र सल्यानका एक/एक जनामा कोरोना संक्रमण देखिएको छ।
अहिलेसम्म भेरी अस्पताल प्रयोगशालामा १ हजार १ सय ५ जना जनामा कोरोना पृष्टि भइसकेको छ।