काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका हुन्।
काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।
सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने १४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।