काठमाडौं- निजी अस्पतालहरुलाई २० प्रतिशत बेड कोभिड-१९ का बिरामीको लागि अनिवार्य छुट्याउन निर्देशन दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आइतबार बैठक बस्दै निजी अस्पतालले अनिवार्य रुपमा २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै निजी, सामुदायिक, गैरसरकारी अस्पतालहरुले कोभिड बिरामीको लागि २० प्रतिशत बेड छुट्याएर हब अस्पताल भएको सूचना दिनुपर्ने निर्णय भएको जानकारी दिए।
उनले हब अस्पताल भित्रको स्यालेलाइट अस्पतालहरुको बिरामीको व्यवस्थापन हब अस्पतालले नै गर्नुपर्ने निर्णय भएको पनि बताए।