पोखरा- गण्डकी प्रदेशमा थप ८ जनालाई कोरोना संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द,पोखरामा गरिएको परीक्षणमा थप ८जनालाई कोरोना संक्रमण देखिएको हो।
गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ६ सय ३१ पुगेको छ।
बाग्लुङका एक महिला र एक पुरुष, तनहुँका एक पुरुष र एक महिला, कास्कीका दुई महिला र दुई पुरुषलाई संक्रमण देखिएको र संक्रमितलाई आइसोलेसन कक्ष लैजाने तयारी भएको उनले जानकारी दिए।
