काठमाडौं- देशभर ८८ जना कोरोना संक्रमितको उपचार विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा भइरहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा ८८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ जना संक्रमित भेन्टिलेटरमा र ८५ जना आइसियुमा रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेको छ। प्रदेश २ मा ४३ जना रहेका छन्। त्यसैगरी बागमती प्रदेशमा ३५ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा, प्रदेश ५ मा ६ जना र सबैभन्दा थोरै प्रदेश १ मा १ जना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।