फाइल तस्बिर
काठमाडौं - बुटलवमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालका अनुसार आइसियुमा भेन्टिलेटरको सहायतमा उपचाररत संक्रमितको गए राती उपचारका क्रममा मृत्यु भएको हो।
कपिलवस्तु तौलिहवाका ४२ वर्षीय ती पुरुषामा निमोनियाको समस्या देखिएको थियो। उनलाई २५ गते अस्पतालमा भर्ना गरिएको थियो।
यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ८४ पुगेको छ।