मुख्य समाचार

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ८५ पुग्यो

काठमाडौं- पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

डा शर्माका अनुसार उनको गए राती १ बजे उपचारका क्रममा मृत्यु भएको हो। १८ गते अस्पताल भर्ना भएकी ती महिलामा इन्सेफ्लाइटिसको समस्या पनि थियो।

यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ८५ पुगेको छ। 

गए राती नै बुटवलमा कपिलवस्तुका एक पुरुषको मृत्यु भएको थियो। उनको मृत्युको जानकारी अस्पतालले बुधबार बिहान गरेको हो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने