काठमाडौं- ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो।
निमोनिया, झाडापखारा र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन ५ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए। साउन ७ गते ती पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८६ पुगेको छ। यसअघि पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो।