काठमाडौं- ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। टेकु काठमाडौंका ७८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ।
अन्य विवरण भने कार्यालयले उल्लेख गरेको छैन। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८७ पुगेको छ।
यसअघि ललितपुरस्थित मेडिसिटी अस्पताल र पाटन अस्पतालमा पनि एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।