काठमाडौं- वीर अस्पतालका थप दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार स्वाब परीक्षण गर्दा अस्पतालका चिकित्सक र ड्राइभर गरी दुई जनालाई कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरी जानकारी दिए।
उनीहरुको सम्र्पकमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ भइरहेको सेन्चुरीले जानकारी दिए।
यसअघि वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो।