काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ। गत २४ घन्टामा ४ सय ८४ जना थपिएसँगै संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ७, मोरङका २, रौतहट १ र सुनसरीका १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल विराटनगरमा झापाका २ र मोरङका १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा इलामका १, मोरङका २७, सुनसरी र ताप्लेजुङका १/१ जनामा कोरोना पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३ र सिरहाका १० जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरधाममा धनुषाका ३२, महोत्तरीका ४१, रौतहटका ७, रुपन्देही र सर्लाहीका १÷१, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका १ र काठमाडौंका १० जनामा कोरोना पाइएको छ।
कोरोना पुष्टि हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १, काठमाडौंका २९, नुवाकोट, रौतहट, सिन्धुली र सुनसरीका १÷१ र सर्लाहीका २ जना रहेका छन्।
गत २४ घन्टामा भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला/राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा बैतडी र बाराका १/१, चितवनका १५, गोरखा र रौतहटका १÷१ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बारा र मकवानपुरका १३/१३ र रौतहटका ११, धुलिखेल अस्पतालमा दोलखाका २ र काभ्रेपलाञ्चोकका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै पाटन अस्पताल ललितपुरमा बारा, भक्तपुर, कैलाली, काभ्रे, मकवानपुर, मोरङ, सिन्धुली, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट र कपिलवस्तुमा १/१, धनुषामा ३, ललितपुरमा १४, महोत्तरीमा ३, पर्सा, रौतहट, सप्तरी र सर्लाहीमा २ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार वीर अस्पताल काठमाडौंमा भक्तपुर र काठमाडौंका २/२ र सर्लाहीका १, त्रिवि शिक्षण अस्पतालमा भक्तपुर, धनुषा, झापा, खोटाङ, पाल्पा र ललितपुरका १/१, काठमाडौंका ११ जनामा कोरोना भेटिएको छ।
नेपाल प्रहरी अस्पतालमा भक्तपुरका १, काठमाडौंका २२ र ललितपुरका २, स्टार अस्पताल प्रयोगशाला सानेपामा भक्तपुर र धादिङका १/१, धनुषाका ३, काठमाडौंका ९ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।
विध ल्याबमा काठमाडौंमा ५, ललितपुरका २ र मोरङका १, ह्याम्स अस्पतालमा भक्तपुर, धादिङ, नुवाकोट र रौतहटका १÷१, काठमाडौंका ८, श्री वीरेन्द्र अस्पतालमा काठमाडौंका २, प्रादेशिक अस्पताल कास्कीमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका ११ र स्याङका ६, लुम्बिनी प्रादेशिक अस्पतालमा अर्घाखाँचीका १ र रुपन्देहीका ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २ जनामा कोरोना भेटिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रुकुम पूर्वका २, सुर्खेत प्रादेशिक अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सल्यानका १ र सुर्खेतका १८, दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका ४, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका १ जनामा कोरोना भेटिएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा डोटीका २, सेती प्रादेशिक अस्पतालमा कैलालीका २ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घन्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ४ लाख ७३ हजार १ सय ७९ जना पुगेको छ।
कुल संक्रमितमध्ये ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्। १४ हजार ८ सय ४६ जनालाई हाल क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।