काठमाडौं- देशभर ८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
प्रदेश १, कर्णली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा ८९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ जना भेन्टिलेटरमा र ८७ जना संक्रमित आइसियुमा रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा ४३ जना रहेका छन्। त्यसैगरी बागमती प्रदेशमा ३८ जना आइसियुमा र २ जना भेन्टिलेटरमा, प्रदेश ५ मा ५ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १ जना संक्रमितलाई आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै देशभर होम आइसोलेसनमा ३ सय ५३ जना रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५१, बागमती प्रदेशमा ३६, प्रदेश ५ मा १ सय ४५ कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १ सय ७ जना रहेका छन्।