काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पिसिआर परीक्षण गरेर मात्र काममा लगाउन निर्देशन दिएको छ।
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले फ्रन्टलाईनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पिसिआर गरेर मात्र कामकाजमा लगाउन सबै वर्ग र तहका अस्पतालहरुलाई निर्देशन दिएको हो।
कोरोनाको संक्रमण बढ्दै गएकाले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्वसाधारणबाट जोगाउन अनिवार्य पिसिआर गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै, मन्त्रालयले सपिंग मल, रेष्टुरेन्ट, होटल आदी उद्योग व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिउको छ। उनीरुबाट कोरोनाको जोखिम बढी हुने भएकाले अनिवार्य पिसिआर गर्ने व्यवस्था मिलाउन मन्त्रालयले भनेको हो।