काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होटल तथा रेस्टुरेन्टका कर्मचारीले अनिवार्य रूपमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले होटल र रेस्टुरेन्टका साथै धेरै मानिस भिडभाड हुन स्थानमा तथा व्यवसायीले अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो।
'कोभिड-१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलगन् हुने व्यक्तिको सम्बन्धित उद्योग व्यवसायीयले आफ्नै खर्चमा अनिवार्य पिसिआर गर्न आग्रह गरिन्छ,' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। यसरी परीक्षण गर्दा सरकारले कुनै आर्थिक भार बहन नगर्ने समेत मन्त्रालयले प्रष्ट पारेको छ।
यस्तै मन्त्रालयले कोरोना संक्रमितको उपचार र सुरक्षामा खटिने कर्मचारीको पनि कोरोनाको पिसिआर परीक्षण गर्न गराउन आग्रह गरेको छ।
पछिल्लो समय संक्रमण थप बढ्दै गएको भन्दै मन्त्रालयले पिसिआर परीक्षण गर्न आग्रह गरेको हो।
