काठमाडौं - वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
उनलाई अस्पतालबाट नभई श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत राज कार्कीले बताए ।
उनले भने, ‘उहाँलाई अस्पतालबाट कोरोना सरेको हैन । श्रीमानलाई भएपछि हामीले उहाँको पनि परीक्षण गर्दा पोजेटिभ आएको हो ।’
हालसम्म इमरजेन्सी कक्षको सेवा सुचारु रहेको अस्पतालले जनाएको छ । यसअघि वीर अस्पतालमा तीन चिकित्सक सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो ।