काठमाडौं- कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण देखिएको छ।
साउन २५ गते अस्पतालमा स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पिसिआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानाएको छ।
अहिले ३ जना चिकित्सक अस्पतालको आइसोलेसनमा र अन्य १५ जना होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।