काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ। गत २४ घण्टामा मात्र ५ सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय २५ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषा, झापा र पर्साका १/१, सुनसरीका १९ र उदयपुरका १, कोशी अस्पताल विराटनगरमा मोरङका ४० जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा इलामका ४ र मोरङका ४८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा धनुषाका १९, महोत्तरीका २०, रौतहटका ४ र सिरहाका १, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३१ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ३६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १३, नुवाकोट १, रौतहट १७, सर्लाही २६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोना पुष्टि हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका २ र सुनसरीका १, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ७, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा चितवनका ४, काठमाडौंका १, मकवानपुरका २८, रामेछापका १, रौतहट र सिन्धुलीका २/२ जना छन्।
धुलिखेल अस्पतालमा झापाका १, काठमाडौंका २, काभ्रेका ८ र रामेछापका २, वीर अस्पताल काठमाडौंमा दोलखाका १, काठमाडौंका ४ र सुर्खेतका १, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका ३ र रौतहटका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ४८ र ललितपुरका १, स्टार अस्पताल सानेपामा भक्तपुरका १, धुनषाका २, काठमाडौंका १९, ललितपुरका ७, पर्सा र रौतहटका १/१, बिध ल्याब काठमाडौंमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा सूर्या हेल्थ सेन्टर लाजिम्पाट प्रयोगशालामा काठमाडौंका १, ह्याम्स अस्पतालमा कपिलवस्तुका १, काठमाडौंका ९, ललितपुर र पर्साका १÷१ जनामा कोरोना भेटिएको छ।
नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ४ र काठमाडौंका ७, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १८, प्युठान र रुपन्देहीका २/२ जनामा कोरोना पाइएको छ।
मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका २, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १० र बर्दियाका ३, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तु, नवलपरासी पूर्व, पाल्पा र प्यूठान १/१ र रुपन्देहीका ४ जनामा कोरोना पुष्टि भएको छ।
नेसनल प्याथल्याब प्रालि बुटवलमा कपिलवस्तु र नवलपरासी पश्चिमका १/१, रुपन्देहीका ६, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडी र डोटीका १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये ८ हजार २५ जना सक्रिय संक्रमित छन्। १४ हजार ७ सय ६९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।