प्रतिकात्मक तस्बिर
काठमाडौं - देशभर ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा गरी ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै छ। त्यहाँ मात्र १ सय ७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ। प्रदेश २ मा ९८, प्रदेश ५ मा ८१, बागमतिमा ७५, प्रदेश १ मा ७२ र कर्णाली प्रदेशमा ८ जना संक्रमित होम आइसोलेसनमा छन्।
यसअघि बुधबार ३ सय ५३ जना संक्रमित होम आइसोलेसनमा थिए।