काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरका ४० वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा दीपक सिग्देल जानकारी दिए।
मंगलबार श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल आएका उनको पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
डा सिग्देलका अनुसार अस्पताल आउँदा उनको स्वास्थ्य निकै बिग्रिसकेको थियो। उनीसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ।