काठमाडौं - वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार बाराका २ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ आएको हो।
डा उपाध्यायका अनुसार ५० र ६५ वर्षका २ जनाको मृत्युपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।
डा उपाध्यायका अनुसार थप ४९ जनामा कोरोना संक्रमण देखिएको छ।