काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्ससहित थप १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नारायणी अस्पतालका मात्र ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएकाले सेवा प्रवाहमा समस्या परेको छ। उनका अनुसार वीरगञ्जमा दैनिक संक्रमित थपिने क्रम जारी रहेकाले उपचारमा समस्या उत्पन्न भएको हो।
डा उपाध्यायका अनुसार बिहीबार राती गरिएको परीक्षणको नतिजा शुक्रबार आएको हो। सो क्रममा अस्पतालका १५ सहित थप ४९ जनामा कोरोना देखिएको छ।