काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । गत २४ घण्टामा ५ सय ९४ जनामा कोरोना कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।
३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ९४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषाका १, मोरङका ४ र सुनसरीका २२, कोशी अस्पताल विराटनगरमा मोरङका २५ र सप्तरीका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ९, मोरङका ३३ र सिरहाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा धनुषाका ४९, महोत्तरीका १८, सप्तरी, सर्लाही, सिन्धुली र उदयपुरका १/१ जनामा कोरोना पाइएको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ र सिरहाका २, नारायणी अस्पताल वीरगञ्जमा बाराका २०, महोत्तरीका २ र पर्साका २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १, भक्तपुरका ३, काठमाडौंका २३, ललितपुर र नुवाकोटका १/१, पर्साका ४१, सर्लाहीका ८ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।
यस्तै, पाटन अस्पताल ललितपुरमा बाजुरा, बारा र भक्तपुर, चितवन र धादिङका १/१, धनुषाका ३, हुम्लाका १, कैलालीका ३, काठमाडौंका ४, ललितपुरका २६, महोत्तरीका २, मकवानपुरका १, पर्साका २, रुपन्देही र सर्लाहीका १/१ र सुनसरीका २ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा बीएण्डबी अस्पताल प्रयोगशालामा काठमाडौंका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १६, ललितपुरका ३, पर्साका १, रौतहटका २ र सर्लाहीका ३, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १२, मकवानपुर, नपवलपरासी पूर्व, सर्लाही र तनहुँका १/१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा सिन्धुलीका ९, धनुषाका १, महोत्तरीका २, मकवानपुरका १६, मोरङका १ र रौतहटका ३, धुलिखेल अस्पतालमा दोलखा, सिन्धुलीका १/१ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको छ ।
नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १३, स्टार अस्पताल सानेपामा बारार र भक्तपुरका २/२, चितवन र कैलालीका १/१ र काठमाडौंका ६ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा ह्याम्स अस्पताल प्रयोगशालामा काठमाडौंका १०, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा धनुषाका १ र काठमाडौंका ७, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाल पोखरामा कास्की, लमजुङ, नवलपरासी पूर्व, पर्वत, स्याङजाका १/१ र तनहुँका २१ जनामा कोरोना भेटिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, कपिलवस्तुका ५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २२, बर्दियाका ५ र सुर्खेतका ३, नेसनल प्याथल्याब रिसर्च सेन्टर प्रालि बुटवलमा रुपन्देहीका ११ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ६, कैलालीका ५ र कञ्चनपुरका २, प्रादेशिक अस्पताल सुर्खेतमा सल्यानका १, सुर्खेतका १८, स्वास्थ्य कार्यालय दैलेख प्रयोगशालामा दैलेखका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा बझाङका १ जनामा गरी गत २४ घण्टामा ५ सय ९४ जनामा कोरोना भेटिएको हो ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै पिसिआर परीक्षण हुनेको संख्या ४ लाख ९४ हजार ६ सय १३ पुगेको छ । देशभर हाल १४ हजार ६ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।