फाइल तस्बिर
काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ९ सय ८६ बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५ सय ५१ जना कोरोना संक्रमितमध्ये ९ सय ८६ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये ३ सय ८६ जना बालिका रहेका छन् भने ६ सय बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४ सय ४४ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश १ मा ४४, प्रदेश २ मा १ सय ९६, बाग्मती प्रदेशमा ५६, गण्डकी प्रदेशमा ३५, प्रदेश ५ मा १ सय ३२ र कर्णाली प्रदेशमा ७९ जना बालबालिका संक्रमित भएका छन्।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु ,ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, दोलखा, रसुवा, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मनाङ, मुस्ताङ, कास्की, रुकुम पूर्व, डोल्पा र हुम्ला गरी २१ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
– झापामा २ बालिका र २ बालक।
– मोरङमा १४ बालिका र १५ बालक।
– सुनसरीमा ३ बालिका र ६ बालक।
– उदयपुरमा २ बालक।
– सप्तरीमा ९ बालिका र १६ बालक।
– सिराहमा २ बालिका र १ बालक।
– धनुषामा ३ बालिका र १९ बालक।
– महोत्तरीमा ३ बालिका १७ बालक।
– सर्लाहीमा १७ बालिका र १७ बालक।
– रौतहटमा १८ बालिका र ३२ बालक।
– बारामा ३ बालिका र ४ बालक।
– पर्सामा १४ बालिका र २० बालक।
– सिन्धुपाल्चोकमा १ बालिका र १ बालक।
– धादिङमा ३ बालक।
– नुवाकोटमा १ बालिका र १ बालक।
– काठमाडौंमा १२ बालिका र १८ बालक।
– भक्तपुरमा ५ बालक।
– ललितपुरमा ९ बालक।
– मकवानपुरमा १ बालिका २ बालक ।
– चितवनमा २ बालक ।
– गोरखामा १ बालिका र ४ बालक।
– म्याग्दीमा १ बालिका १ बालक।
– लमजुङमा १ बालिका र १ बालक।
– तनहुँमा १ बालिका र २ बालक।
– नवलपरासी पूर्वमा २ र बालिका ४ बालक।
– स्याङ्जामा ३ बालिका र १० बालक।
– पर्वतमा ३ जना बालक।
– बाग्लुङमा १ जना बालक।
– रोल्पामा १ बालिका र १ बालक।
– प्युठानमा ३ बालिका र २ बालक।
– गुल्मीमा ९ बालिका र ८ बालक।
– अर्घाखाँचीमा ७ बालिका र ८ बालक।
– पाल्पामा ३ बालिका र ५ बालक।
– नवलपरासी पश्चिममा ३ बालिका र २ बालक।
– रुपन्देहीमा ७ बालिका र ६ बालक।
– कपिलवस्तुमा १२ बालिका र १३ बालक।
– दाङमा १० बालिका र ७ बालक।
– बाँकेमा १० बालिका र ११ बालक।
– बर्दियामा ३ बालिका र १ बालक।
– मुगु र जुम्लामा १–१ बालक।
– कालिकोटमा २ बालिका र ५ बालक।
– दैलेखमा ७ बालिका र ३० बालक।
– जाजरकोटमा १ बालिका र १ बालक।
– रुकुम पश्चिममा १ बालक।
– सल्यानमा ३ बालक।
– सुर्खेतमा १४ बालिका र १३ बालक।
– बाजुरामा ३२ बालिका र ३२ बालक।
– बझाङमा १८ बालिका र २६ बालक।
– दार्चुला १ बालक
– बैतडीमा ५ बालिका र १० बालक।
– डडेल्धुरामा ५ बालिका र १२ बालक।
– डोटीमा ४५ बालिका र ५६ बालक।
– अछाममा २३ बालिका र ५२ बालक।
– कैलालीमा ३९ बालिका र ६२ बालक।
– कञ्चनपुरमा १२ बालिका र १४ बालक।