काठमाडौं– चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्दु बगालेको भरतपुर ४ स्थित घरमा ‘कोरोना संक्रमित’ भन्दै ब्यानर टाँस्न खोजिएको घटनाप्रति आपत्ति जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण वनले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढिरहेको अवस्थामा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई नै दुव्र्यवहार तथा अपहेलना गरिएको खबर निन्दनीय रहेको जनाएका हुन्।
‘डा. बगाले र उहाँकी श्रीमती कोरोना पोजेटिभ भएपछि उहाँहरु भरतपुर ४ स्थित आफ्नै निवासमा स्व–सिल भइ बसेको अवस्थामा निकै अमानवीय र असामाजिक क्रियाकलापहरु सोही ठाउँका केही सचेत एवं जिम्मेवार अगुवाबाट उहाँको निवासमा आपत्तिजनक सूचना टाँस्ने प्रयास गरी आत्मसम्मानमा ठेस पुर्याउनेजस्तो घृणित कार्यप्रति अस्पताल व्यवस्थापन समितिको विशेष ध्यानाकर्षण भएको छ,’विज्ञप्तिमा भनिएको छ।
चिकित्सक दम्पत्ति सुरक्षित तरिकालले बसेको अवस्थामा समाजका बुज्रुक भनिएकाहरुल यस्तो लज्जास्पद कार्यप्रति अस्पताल व्यवस्थापन समितिले आपत्ति एवं खेद व्यक्त गरेको छ।
हालको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकलाई प्रोत्साहन गर्नुको साटो उल्टै हतोत्साहित बनाउने कार्य दुर्भाग्यपूर्ण भन्दै विज्ञप्तिमा यस्ता निन्दनीय कार्य नदोहो¥याउन आग्रह गरिएको छ।
भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएर ‘कोरोना संक्रमितको घर’ भन्दै ब्यानर टाँस्न खोजिएको डा. बगालेले बताएका छन्।

यो पनि :