फाइल तस्बिर
काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर तीनपानीकी ५० वर्षीय महिलाको उपचारका क्रममा मृत्युु भएको हो।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार कोरोना संक्रमित ती महिलालाई अत्यधिक ज्वरो, खोकी लाग्ने र श्वास फेर्न समस्या भएपछि विराटनगरस्थित न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरेको थियो।
तर उपचारका क्रममा ती महिलाको आज बिहान १२ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो।
ती महिलामा फोक्सोको समस्याका साथै थाइराइ र मुटुको समेत समस्या थियो।
यो सहित नेपालमा हालसम्म १०३ कोरोना संक्रमितको मृत्यु भएको छ।