काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत २ जनामा नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पताल निर्देशक डा सन्तोष पौडेलका अनुसार २ जना नर्स र १ जना कर्मचारी गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको हो।
यसअघि बुधबार ट्रमाका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो। उनको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्दा थप ३ जनामा संक्रमण देखिएको हो।