काठमाडौं– देशका विभिन्न अस्पतालमा १०६ जना कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०० जनाको आइसियुमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार प्रदेश १, कर्णली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा ती संक्रमितको उपचार भइरहेको हो।
आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। बागमतीमा ४७ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यस्तै प्रदेश २ मा ४१, प्रदेश ५ मा ११ र गण्डकी प्रदेशमा १ जना संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।