काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्युु भएको छ। रौतहटका २५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पृष्टि भएको हो।
उनी शनिबार बेलुका ५ बजे नरायणी कोरोना अस्पतालमा भर्ना भएका थिए। ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।
उनको ३१ गते राती ८ बजे मृत्यु भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
मृतक क्षयरोगका बिरामी समेत थिए। उनले लामो समयदेखी क्षयरोगका औषधि खाइरहेका थिए।
त्यस्तै बारा र पर्सामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ६ र बाराका ५ जना गरी ११ जनामा कोरोना देखिएको छ।