डा मदन उपाध्याय र डा सञ्जय ठाकुर
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदनकुमार उपाध्यायलाई सरुवा गरेकाे छ।
मन्त्रालयले डा उपाध्यायलाई मन्त्रालयमा तानेर उनको स्थानमा डा सञ्जय ठाकुरलाई पठाएको छ। डा ठाकुर वीर अस्पतालमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा उपाध्यायलाई मन्त्रालय तान्ने निर्णय गरेको जानकारी दिए।
नारायणी अस्पताल सबैभन्दा धेरै कोरोना संक्रमित उपचार गर्ने अस्पताल हो। अस्पतालका स्वास्थ्यकर्मी समेत धेरै संख्यामा संक्रमित छन्।