काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ।
काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्।