काठमाडौं - गत २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७ पुगेको छ।
रौतहट, मोरङ र काठमाडौंका १.१ जना गरी तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रौतहटका ३२ वर्षीय पुरुष, मोरङको ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।