काठमाडौं– देशभर हाल सम्म १ सय १९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना भेन्टिलेटरमा र ११३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ५९ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा छन्।
त्यस्तै प्रदेश २ मा ४१, प्रदेश ५ मा ११, गण्डकी प्रदेशमा १ र प्रदेश १ मा १ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।