काठमाडौं- कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै भेटिएको छ। ९ हजार ६ सय ३९ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र ४ हजार ३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा बागमती दोस्रो स्थानमा छ। त्यहाँ २ हजार ३ सय २९ जना छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ३२, प्रदेश ५ मा ९ सय १०, सुदूरपश्चिममा ८ सय ११ र कर्णाली प्रदेश सबैभन्दा कम २ सय २३ जना सक्रिय संक्रमित छन्।
जिल्ला अनुसार सक्रिय संक्रमितको संख्या
प्रदेश १
प्रदेशमा १ मा संखुवासभामा शून्य संक्रमित रहेका छन्। त्यस्तै ताप्लेजुङ १०, सोलुखुम्बु १, ओखलढुंगा ५, भोजपुर १, तेह्रथुम २, पाँचथर २, इलाम २७, झापा ६३, मोरङ ६८९, सुनसरी २०१, उदयपुर २२, खोटाङ ८, धनकुटा १ जना संक्रमित रहेका छन्।
प्रदेश २
प्रदेश २ मा सप्तरी १९२, सिराह १००, धनुषा ३४४, महोत्तरी ६९०, सर्लाही ३८४, रौतहट ८७५, बारा ३०१, पर्सा ११०७ जना सक्रिय संक्रमित रहेका छन्।
बागमती प्रदेश
दोलाख २५, सिन्धुपाल्चोक ३६, रसुवा १, धादिङ ४०, नुवाकोट ४१, काठमाडौं १५३४, भक्तपुर ११२, ललितपुर २३७, काभ्रेपलान्चोक ३७, रामेछाप २८, सिन्धुली २९, मकवानपुर १३३, चितवन ९०।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा शूल्य संक्रमित रहेका छन्। त्यस्तै गोरखा २५, म्याग्दी २, कास्की ८९, लमजुङ १३, तनहुँ ४४, नवलपरासी पूर्व ३४, स्याङ्जा ६०, पर्वत ८, बाग्लुङ २२ जना संक्रमित रहेका छन्।
प्रदेश ५
प्रदेश ५ मा रुकुमपूर्व ८, रोल्पा ५, प्युठान ६९, गुल्मी १७, अर्घाखाँची २४, पाल्पा १२, नवलपरासी पश्चिम २, रुपन्देही १९०, कपिलवस्तु १५७, दाङ ७८, बाँके २८०, बर्दिया ५६ जना संक्रमित रहेका छन्।
कर्णाली प्रदेश
कर्णली प्रदेशको हुम्ला र डोल्पामा शून्य संक्रमित रहेका छन्। त्यस्तै रुकुम पश्चिम २, मुगु ८, कालीकोट १६, दैलेख ३५, सुर्खेत ६२, जुम्ला १०, जाजरकोट १७, सल्यान ७३ जना संक्रमित रहेका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर १९, डडेल्धुरा १५, बैतडी ७, दार्चुला ३०, कैलाली १४६, डोटी १९६, बझाङ १८९, बाजुरा १८६, अछाम २३ जना संक्रमित भएका छन्।