काठमाडौं - पाटन अस्पताल ललितपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासीका ३७ वर्षीय एक पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन ३० गते आइसियुमा भर्ना गरिएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए उनका अनुसार ती व्यक्ति उच्च रक्तचापका बिरामी समेत थिए।
नवलपरासीका ती पुरुष नेपाली कांग्रेसका नेता भएको बताइएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय १० पुगेको छ।