काठमाडौं- सरकारले पाँच जना डाक्टलाई ११औं तहमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा लोक सेवा आयोगबाट सिफारिस भएका पाँच जना डाक्टरलाई बढुवा गरेको हो।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले डा अजित खनाल, डा मुकेश शर्मा पौडेल, डा विकास नेपाल, डा रविन बहादुर बस्नेत र डा शिलु श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।