काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १
झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथर १, सुनसरी ८, उदयपुर २, संखुवासभा ३ जना संक्रमित थपिएका छन्।
प्रदेश २
बारा ४२, धनुषा ६४, महोत्तरी २४, पर्सा १२८, रौतहट ३७, सप्तरी ३, सर्लाही १०७ र सिरहामा १६ जनामा कोरोना पृष्टि भएको छ।
बाग्मती प्रदेश
भक्तपुरमा १७, चितवन ४९, धादिङ २, दोलखा २, काठमाडौं १३८, काभ्रेपलान्चोक २१, ललितपुर ५०, मकवानपुर ३०, सिन्धुली १ र सिन्धुपालचोकमा ३ जना नयाँ संक्रमित थपिएको छन्।
गण्डकी प्रदेश
बाग्लुङ ३, गोरखा २, कास्की १६, लमजुङ १, नवलपरासी पूर्व ४, स्याङ्जा १ र तनहुँमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रदेश ५
बाँकेमा ६, बर्दिया ९, दाङ १, कपिलवस्तु १९, नवलपरासी पश्चिम १, रोल्पा १ र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण भेटिएको छ।
कर्णाली प्रदेश
दैलेखमा ५, रुकुम पश्चिममा १ र सुर्खेतमा १ जनामा कोरोना पृष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश
दार्चुलामा २, डोटी ४६, कैलाली १ र कन्चनपुरमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घन्टामा १३ हजार ४ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ।
कुल संक्रमितमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ९ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।