काठमाडौं- गण्डकी प्रदेशमा थप १४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा १४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
संक्रमितमध्ये तनहुँका २ र नवलपरासीका १२ जना रहेका छन्। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ।
त्यस्तै, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा ३० जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीका अनुसार ५ सय वटा नमुना परीक्षण गरिएको ३० जनामा कोरोना पोजेटिभ आएको हो।
संक्रमितमध्ये भरतपुरका १२, राप्तीका २, खैरेनीका ५ रत्ननगरका १, नवलपुर ५, बाँके १, तनहुँ १, मकवानपुर १, बाराका १ जना रहेका छन्।