काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७०० उपचारपछि निको भएका छन्।
काठमाडौं उपत्यकामा बुधबार १५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
योसँगै काठमडौंमा कोरोना संक्रमित हुनेको संख्या १९८७, ललितपुरमा १५० र भक्तपुरमा १७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेको डा गौतमले जानकारी दिए।
नेपालमा हालसम्म १२० जना कोरोना संक्रमितको मृत्यु भएको छ।