काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं र बर्दियाका १/१ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका १/१ महिला गरी आज ६ जनाको मृत्यु भएको हो।
गत २४ घन्टामा ६ सय ८१ संक्रमित भेटिएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।