काठमाडौं– देशभर १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना भेन्टिलेटरमा र १३१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ५७ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा छन्।
त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १२, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा १० जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ।
विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेको डा गौतमले जानकारी दिए।
नेपालमा हालसम्म १२० जना कोरोना संक्रमितको मृत्यु भएको छ।