काठमाडौं- चितवनका एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका-१३ निवासी ६५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार ती पुरुष ६ दिनदेखि कोभिड-१९ संक्रमण भई कोभिड आईसियुमा उपचाररत थिए।
दीर्घ रोगका समस्या रहेका ती पुरुषमा बेडसोर भएको र फोक्सोको टिबी, सेप्सि, एक्युट किड्नी इन्फेक्सनको समस्या पनि थियो।
उनलाई दिउसो २:५७ मा मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।
यो सहित नेपालमा १२१ कोरोना संक्रमितको मृत्यु भएको छ।