काठमाडौं– देशभर १ सय ३६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना भेन्टिलेटरमा र १२९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ५४ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा छन्।
त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १२, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा ११ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।