काठमाडौं– कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार देशभर बिहीबार ३ हजार ४ सय ७२ जना संक्रमित होम आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा २ हजार ७ सय ८९ जना होम आइसोलेसनमा छन् ।
त्यस्तै प्रदेश १ मा २५७, प्रदेश ५ मा २४२,बाग्मती प्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा २८,गण्डकी प्रदेशमा २७ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा १८ जना रहेको मन्त्रालयको तथ्याक रहेको छ।
बुधबार ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा थिए ।