काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वर्गद्धारी नगरपालीका प्युठानका ६४ वर्षिय पुरुषको शुक्रबार बिहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा विष्णु गौतमले जानकारी दिए।
उनी केही दिन अगाडी भारतको केरेलाबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनको साउन ३२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने भाद्र १ गते अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालले जनाएको छ। उनी निमोनियाका बिरामी थिए।
उनको उपचारका क्रममा मृत्यु भएको हो।
यो सहित नेपालमा १२९ कोरोना संक्रमितको मृत्यु भएको छ।